देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘निर्वाचन सम्बन्धि केहि गुनासो भए ११०२ मा कल गर्नु’ – आयोग

0

काठमाडौं – निर्वाचन आयोगले नागरिक एवं मतदाताले टोलफ्री नम्बरमा सम्पर्क गरेर निर्वाचन आचारसंहिता उल्लङ्घनबारे गुनासो वा उजुरी गर्न सक्ने व्यवस्था मिलाएको छ ।

आगामी २०७९ साल वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी आयोगले सुरु गरेको ‘कल सेन्टर’मा उजुरी वा गुनासो गर्न सकिने छ । निर्वाचन आचारसंहिता–२०७८ ले गरेको व्यवस्थाबमोजिम आयोगले कल सेन्टर सुरु गरेको हो ।

आचारसंहिता पालना गर्नुपर्ने उम्मेदवार वा आचारसंहिता लागू हुने संस्था, निकाय वा व्यक्तिले उल्लङ्घन गरेको पाइए सूचना दिन सक्ने व्यवस्था गरेको छ । आयोगको निर्वाचन आचारसंहिता भने अझै लागू भइसकेको छैन ।

आयोगले मतदाता वा नागरिकलाई स्थानीय तह निर्वाचनसम्बन्धी जानकारी उपलब्ध गराउन टोलफ्री नम्बर ११०२ सहितको कल सेन्टर सञ्चालनमा ल्याए पनि एउटै मात्र उद्देश्यमा केन्द्रित नहुने जनाएको छ ।

मतगणना कार्य जारी रहेसम्म कल सेन्टर सञ्चालनमा रहने आयोगले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार