देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

निर्वाचन सर्दैन, समयमै हुन्छ – प्रधानमन्त्री देउवा

0

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहकाे निर्वाचन सार्ने सरकारकाे कुनै मनसाय नभएकाेले समयमा नै हुने प्रतिबद्धता जनाएका छन् ।

सुन्दरहरैँचा नगरपालिकाकाे प्रशासनिक भवन शिलान्यास कार्यक्रममा साेमबार मोरङ पुगेका देउवाले निर्वाचन गराउने काम निर्वाचन आयाेगकाे भएकाे र आयाेगले निर्वाचन गराउन लागि परेकाले सरकारले पूरा सहयाेग गर्ने बताए ।

प्रधानमन्त्री देउवाले सुन्दरहरैँचा नगरपालिकाकाे गाेठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने आश्वासन दिए ।

लेटाङ नगरपालिकामा प्रहरी जवानकाे हत्या भएकाे घटनामा छानबिन गरी दाेषीलाई कारबाहीकाे दायरामा ल्याउने उनले बताए ।

यसैबीच, प्रधानमन्त्री देउवाले सोमबारनै सुन्दरहरैँचामा ३५ शय्याकाे नगर अस्पताल उद्घाटन गरेका छन् । सुन्दरहरैँचा नगरपालिकाले १५ कठ्ठा क्षेत्रफलमा ३५ कराेडकाे लागतमा निर्माण गरेकाे नगर अस्पताल प्रधानमन्त्री देउवाले उद्घाटन गरेका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार