देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

निलम्वित प्रधानन्यायाधीश राणा, राष्ट्रपति बोलाउने – प्रधानमन्त्री बाटो छेक्ने

0

काठमाडौँ – चोलेन्द्रशमशेर राणाको हैसियतलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच मत भिन्नता देखिएको छ।

सरकारले प्रधानन्यायाधीश राणा निम्वित भएको भन्दै सबै सुबिधा खोसेको बेला राष्ट्रपति भण्डारीले भने उनलाई प्रधानन्यायाधीशकै हैसियतमा सोमबार हुने संविधान दिवसको कार्यक्रममा निम्ता गरेपछी यो बिषय थप विवादित बनेको हो।

राष्ट्रपति भण्डारीले संविधान दिवसका अवसरमा सोमबार शीतल निवासस्थित राष्ट्रपति भवनमा आयोजना हुने कार्यक्रममा राणालाई प्रधान न्यायाधीशका हैसियतमा निम्ता गरेकी हुन्।

सरकारले भने चोलेन्द्रशमशेर राणा निलम्बित अवस्थामै रहेको भन्दै उनलाई आइतबार सर्वोच्च अदालत जान रोक लगाएको थियो ।

साथै सरकारले आइतबारनै प्रधानन्यायाधीशकै हैसियतमा राणाले प्राप्त गरेका सबै सरकारी गाडीका सुविधासहित सेनालगायत सुरक्षाकर्मी फिर्ता लगिसकेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार