देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नुवाकोटको गोरु जुधाउने मेला स्थगित

0
<p>फाइल फोटो</p>

फाइल फोटो

नुवाकोट – नुवाकोटका विभिन्न स्थानमा हरेक माघे सक्रान्तिकादिन मनाईने गोरु जुधाई मेला महामारीकोरुपमा रहेको कोरोनाका कारण स्थगित भएको छ।

नुवाकोटकै पहिचानको रुपमा रहेको प्रसिद्ध गोरु जुधाई मेला कोरोनाको तेश्रो भेरियण्टका कारण माघे सङ्क्रान्तिका दिन नुवाकोटको तारुकाको चन्दानीलगायतका स्थानमा गरिदै आएको गोरु जुधाइ मेला यस वर्ष नहुने भएको हो।

सरकारले २५ जनाभन्दा बढी भेला भएर मेला, पर्व तथा कार्यक्रमहरु भौतिकरूपमा उपस्थित हुन नमिल्ने भएकाले मेला स्थगित गरिएको आयोजक तारुका चन्दनी माघे सङ्क्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठले जानकारी दिए।

नुवाकोटको विभिन्न स्थानमा हुँदै आएको गोरु जुधाई मेलाको लागि गोरु दर्ता गराउने काम प्रायः स्थानमा सकिएको अवस्थमा मेला स्थगित भएको हो। प्रत्येक वर्ष माघ १ गते नुवाकोटको तारुका(तारकेश्वर गाउँपालिका), बेत्रावती(विदुर नगरपालिका), पञ्चकन्या, लिखु, तादी गाँउपालिकालगायतका स्थानमा गोरु जुधाई प्रतियोगिता हुँदै आएको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार