देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नुवाकोटमा तोडियो गठबन्धन

0

काठमाडौं – सत्तारुढ गठबन्धनका दलहरुबीच नुवाकोटमा सहमति नभएपछि गठवन्धन तोडिएको छ।

गठबन्धनका नाममा कांग्रेस र माओवादीले तीन स्थानीय तहमा पद बाडफाड गरेको एकतर्फि घोषणा गरेपछि गठबन्धन रहेका नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले नुवाकोट गठबन्धनमा आफ्नो दल नरहेको विज्ञप्तिमार्फत जनाएका छन्।

समाजवादीका अध्यक्ष गोविन्द नेपालीले आफ्ना उम्मेदवारहरु आफ्नै दलको योजना अनुसार अगाडि बढ्ने जनाएका छन्। सबै स्थानीय तहमा उम्मेदवारी दिने उनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष ईश्वर राउतले पनि विज्ञप्ती जारी गर्दे आफूहरु गठबन्धनबाट अलग भएको बताएका छन्। यहि वैशाख ३० गतेको निर्वाचनमा जनता समाजवादी एक्लै चुनावमा लड्ने र जनता समाजवादी तत्काल गठबन्धनबाट बाहिर रहेको उल्लेख गरिएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार