देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नुवाकोटमा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु 

0

काठमाडौं – नुवाकोटको तादीखोलामा पौडी खेल्ने क्रममा शनिबार दुई जनाको मृत्यु भएको छ। 

बेलकोटगढी नगरपालिका–१० स्थित तादीखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।

भारतीका अनुसार डुबेर बेहोस भएका दुवैलाई उद्धार गरेर उपचारका लागि त्रिशूली अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। तादीखोलामा पौडी खेल्ने गएका ६ जना युवामध्ये उनीहरूलाई घुमाउने भन्ने स्थानबाट खोलाले बगाएको थियो। 

पछिल्लो समय गर्मी बढेसँगै नदी तथा खोलामा पौडी खेल्ने जाने क्रम बढेकाले सावधानी अपनाउन प्रहरीले अपिल गरेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार