देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नुवाकोट महोत्सवमा पाँच करोडको कारोवार

0

रासस/विदुर – छैटौँ नुवाकोट महोत्सवमा रु पाँच करोडको कारोवार भएको छ । ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको संवद्र्धन–दिगो आर्थिक विकासका लागि व्यावसायिक प्रवद्र्धन’ भन्ने नाराको साथ यही माघ १६ गते शुरु भएको महोत्सवमा ६० हजार दर्शकले अवलोकन गरेको र रु पाँच करोडको कारोवार भएको आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घका प्रवक्ता सविन राजभण्डारीले जानकारी दिए ।

महोत्सवमा २५० प्रदर्शनी कक्ष राखिएका थिए । महोत्सवमा राखिएको दैनिक उपभोग्य वस्तु, घरेलु उत्पादन र हस्तकलाका सामग्री राखिएका पसलहरुमा ग्राहकको भीड लागेको थियो । नेपाल भ्रमण वर्षलाई लक्षीत गरी सञ्चालन भएकोे महोत्सवले नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन विशेष योगदान पुग्ने आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार