देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नुहाउन गएका दुई किशोरी महाकालीमा बेपत्ता

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – महाकालीनदीमा बगेर दुई किशोरी बेपत्ता भएका छन्। नुहाउने क्रममा नदीमा बगेर बेपत्ता भएका दशरथचन्द नगरपालिका–८ साङ्डीका का दुई किशोरीहरू १५ वर्षीया संगीता टमाटा र सोही ठाउँकी १६ वर्षीया कविता टमाटा रहेको प्रहरीले जनाएको छ।

दिउँसो २ बजे महाकालीमा नुहाउन भनी घरबाट निस्किएका ३ जनामध्ये २ जना नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लोकराज जोशीले बताए।

प्रहरीका अनुसार दशरथचन्द–८ को मौरा भन्ने ठाउँबाट उनीहरू महाकालीमा हराएका हुन् ।  सँगै नुहाउन गएकी १३ वर्षीया सम्झना सार्की घर पुगेपछि परिवारले थाहा पाएको र साँझ सवा सात बजे मात्र प्रहरीलाई सूचना आएको थियो।

बेपत्ता किशोरीहरूको घरभन्दा महाकाली नदी करिब आधा घण्टा टाढा छ। उनीहरूको खोजीकार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार