देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेकपाका दुई समुह घिउ बेचुवा र तरबार बेचुवा हुन् – गगन थापा

0

सिन्धुली – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगनकुमार थापाले नेकपाको दुई समुह घिउ बेचुवा र तरबार बेचुवा भएको बताएका छन् । शनिवार सिन्धुलीमा नेपाली कांग्रेस तीन पाटन गाउँपालिका समितिले आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्ने क्रममा थापाले नेकपाको ओली र प्रचण्ड–नेपाल समूहभित्रको आन्तरिक विवादलाई इङ्गित गर्दै यस्तो बताएका हुन् ।

नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले तत्काल कुनै पनि समूहलाई संसदमा समर्थन नगर्ने बताउँदै नेता थापाले भने ‘झण्डै दुई तिहाई बहुमत प्राप्त नेकपा लोभ र लालसका कारण फुटको संघारमा पुगे पनि तत्काल पुटि सकेको छैन । एकै ठाउँ जुटी पनि सकेको छैन । यस्तो अवस्थामा नेपाली कांग्रेस तत्काल सरकारमा जाने अवस्था पनि आउँदैन । कुनै एक समूहलाई समर्थन पनि गर्दैन,’ ।

‘जनताले कांग्रेसलाई पाँच वर्षसम्म सरकार चलाउने म्यानडेट दिएको छैनन् । नेकपाले पाँच वर्षसम्म सरकार चलाउने क्षमता पनि राखेन । अब कांग्रेस दुईतिहाई बहुमतसहित आगामी निर्वाचनबाट सरकारको नेतृत्व गर्ने म्याण्डेट लिएर मात्र सरकारमा जान्छ,’ उनले थपे ।

तर, कांग्रेस चुनावमा जाँदा पाँच वर्षभित्र गर्ने कामका एजेण्डा सहित जनताका बीचमा भोट माग्न जाने उद्घोष गरे । उनले तत्कालको अवस्थामा नेकपाको जुन समूहले सूर्य चिन्ह पाए पनि त्यो भारी हुने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै थापाले इतिहासको सबभन्दा असफल र कलंकित प्रधानमन्त्री ओली नै भएको आरोप लगाए । उनले तीन वर्षका सुनौलो दिनमा काम गर्नै नचाहेका प्रधानमन्त्रीले काम गर्न नदिएको भन्दै जनतामा झुटो प्रचार गरेको दवी गरे ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार