देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेकपाको १० दिने युद्धविराम

0

काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको २०७७ मंसिर ३ गते बसेकाे सचिवालयकाे बैठक मंसिर १३ गते बस्ने सहमतिमा टुंगिएकाे छ । मंसिर १३ गते बस्ने  सचिवालयकाे  बैठकमा  प्रधानमन्त्री  केपी शर्मा ओलीले पनि बेग्लै राजनीतिक प्रस्ताव पेश गर्ने सहमति सहमती सहित बैठक टुङ्गीएको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरूलाई दिएको जानकारी अनुसार मंसिर १३ गते बस्ने सचिवालय बैठकमा दुबै अध्यक्षको प्रतिवेदनमा छलफल गर्ने निर्णय भएकाे छ । उनका अनुसार, मंसिर १५ गते बस्ने तय भएकाे केन्द्रीय समितिकाे बैठक  २०७७ मंसिर २५ गते बस्ने त्यसभन्दा अघि मंसिर १८ गते स्थायी समितिकाे बैठक बस्ने सहमति पनि सचिवालयकाे बैठकमा भएकाे छ ।

स्राेतका अनुसार, अबकाे स्थायी समितिमा  पार्टी अध्यक्ष तथा प्रधानमन्त्री  केपी शर्मा ओलीकाे १० पाने अध्यक्ष प्रचण्डकाे १९ पाने र प्रचण्डकाे ७ पाने जवाफका सम्बन्धमा पनि छलफल गरिने भएकाे छ । साथै यसभन्दा अघि २०७७ साल भदौ २६ गते सम्पन्न स्थायी कमिटीको सर्वसम्मत  निर्णयहरू  र पार्टीले जारी गरेकाे अपानिका सम्बन्धमा  अध्ययन गरेर  आगामी स्थायी समितिकाे बैठकमा छलफल गर्ने नेकपाको तयारी छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार