देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमसीसी परियोजना बारे छलफल गर्न नेकपाको सचिवालय बैठक बस्दै

0

(काठमाडौं) – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सचिवालय बैठक आइतबार बस्दै छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दिउँसो ४ बजेका लागि बैठक बोलाइएको छ ।

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना बारे छलफल गर्न नेकपा सचिवालयको बैठक बस्न लागेको हो ।

बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ । यसअघिको बैठकमा पनि रावल, ज्ञवाली र खतिवडालाई बोलाएर एमसीसीबारे नेकपाले छलफल गरेको थियो ।

एमसीसीसँग जोडिएका कार्यक्रम र सहायता रकम नीति कार्यक्रम र बजेटमा पारेको भन्दै पार्टीभित्र व्यापक विवाद भएपछि सचिवालय बैठक बोलाइएको थियो ।

यसअघि जेठ २७ बोलाइएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताको कारण देखाउँदै स्थगित गरिएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार