देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाललाई स्वदेश फर्काइयो

0

काठमाडौं – उपचारकालागी गत पुष २० गते भारतको मुम्बई लगिएकी नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाललाई स्वदेश फर्काइएको छ। प्रचण्ड पत्नी सीतालाई हिजो स्वदेश फर्काइएको उनकाे सचिवालयले जनाएकाे छ। लामो समय दिल्लीमै  राख्नपर्ने अवस्थासमेत विचार गरी अध्यक्ष  प्रचण्ड, छोरीहरु रेणु र गङ्गा दाहाल साथै गएका थिए।

उपचारमा लामो समय लाग्नसक्ने भएपछी प्रचण्ड र  छोरी रेणु अस्पतालमै छाडेर पुस २५ गते नै फर्किएका थिए भने गङ्गा भने आमाको साथै रहेकि थिइन् ।

लामो समयदेखि वंशानुगत पार्किन्सनजस्तो देखिने रोगले पीडित सीताको स्वास्थ्य अवस्था थप बिग्रँदै गएपछि भारत लागिएको थियो। यसअघि उनको अमेरिका, सिंगापुर र भारतमा पनि उपचार भएको थियो।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार