देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

0

काठमाडौँ – नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शनिबार आज बस्ने भएको छ । दुई चल्ने उक्त बैठकमा पार्टीभित्र उत्पन्न पछिल्लो विवादबारे छलफल हुने जनाइएको छ ।

बैठकले पार्टीमा सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाउने निर्णय कार्यान्वनबारे छलफल गर्नेछ । यसअघि गत जेठ २२ गते पार्टीले मन्त्री हेरफेरको निर्णय गरेको थियो ।

उक्त निर्णय सत्ता गठबन्धनकै कांग्रेस, माओवादी नेतृत्व र प्रधानमन्त्रीले समेत कार्यान्वयन गर्न अप्ठेरो भएको भन्दै अगाडि बढ्न सकेको थिएन ।

अर्काथरीले भने मन्त्रीमा भागबण्डा नपाए पार्टी विभाजनको धम्की दिएको समेत बुझिएको छ । पार्टीभित्रको यो मतभेद हल गर्नेबारे बैठकले छलफल गर्नेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार