देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेकपा एमाले अध्यक्ष केपी ओली विरुद्ध अख्तियारमा उजुरी

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका पाँच नेताहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले उनीहरुविरुद्ध उजुरी दर्ता गराएको हो । ओली र अर्यालविरुद्ध झापास्थित गिरीबन्धु टी स्टेटको जग्गा र अर्जुनधारामा रहेको करिब ३०० बिघा सट्टापट्टा गर्न पाउने कानून संशोधन गरेको भन्ने आरोप छ ।

ओलीसहित नेताहरु ईश्वर पोखरेल, पद्मा अर्याल, योगेश भट्टराई र भानुभक्त ढकालविरुद्ध उजुरी परेको हो । ओली तत्कालीन प्रधानमन्त्री, अर्याल तत्कालीन भूमि व्यवस्थामन्त्री, पोखरेल तत्कालीन रक्षामन्त्री, ढकाल तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री र भट्टराई तत्कालीन पर्यटन मन्त्री थिए ।

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता सीसीएमसीसीका तत्कालीन संयोजक ईश्वर पोखरेल र ढकालविरुद्ध उजुरी दर्ता गराइएको छ । साथै भट्टराईविरुद्ध भिजिट नेपाल २०२० को नाममा करोडौँ रकम हिनामिना गरेको आरोप छ ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका पाँच नेताहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

ओलीसहित नेताहरु ईश्वर पोखरेल, पद्मा अर्याल, योगेश भट्टराई र भानुभक्त ढकालविरुद्ध उजुरी परेको हो । उनीहरु सरकारमा भएका बेलामा पदीय दुरुपयोग गरेको आरोप छ । ओली तत्कालीन प्रधानमन्त्री, अर्याल तत्कालीन भूमि व्यवस्थामन्त्री, पोखरेल तत्कालीन रक्षामन्त्री, ढकाल तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री र भट्टराई तत्कालीन पर्यटन मन्त्री थिए ।

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले उनीहरुविरुद्ध उजुरी दर्ता गराएको हो । ओली र अर्यालविरुद्ध झापास्थित गिरीबन्धु टी स्टेटको जग्गा र अर्जुनधारामा रहेको करिब ३०० बिघा सट्टापट्टा गर्न पाउने कानून संशोधन गरेको भन्ने आरोप छ ।

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता सीसीएमसीसीका तत्कालीन संयोजक ईश्वर पोखरेल र ढकालविरुद्ध उजुरी दर्ता गराइएको छ । साथै भट्टराईविरुद्ध भिजिट नेपाल २०२० को नाममा करोडौँ रकम हिनामिना गरेको आरोप छ ।

अनेरास्ववियूका वाग्मती प्रदेश कमिटीका संयोजक दीपक बुढाथोकीले ओलीसहित पाँच नेताबिरुद्ध उजुरी दर्ता गराएका हुन् । अख्तियारमा गरेको उजुरीको दर्ता नम्बर सी–०२८०५५ रहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार