देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेकपा एसका चारै तहका बैठक अनिश्चितकालका लागि स्थगित

0

काठमाडौं – नेकपा एकीकृत समाजवादीले पूर्व निर्धारित बैठकहरु अनिश्चितकालका लागि स्थगित गरेको छ ।

केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीलगायत सबै तहका बैठकहरू अनिश्चितकालका लागि स्थगित भएको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रवक्ता खतिवडाले भने, ‘तयारी नपुगेकाले साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ मा पोलिटब्युरो र साउन २० र २१ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी तत्कालका लागि स्थगित भएको छ ।’

साउन १५ गतेको सचिवालय बैठक बस्ने तर १६ गतेदेखिको बैठक स्थगित गर्ने खतिवडाले बताएका छन्।

आइतबार बैठक बसेर अब कहिले बैठक बस्ने भन्ने विषयमा निर्णय गर्ने उनको भनाई छ। पार्टी अध्यक्ष माधव कुमार नेपाल स्वदेश फर्किए लगत्तै पूर्वनिर्धारित बैठकहरू स्थगन भएका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार