देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेकपा एसका मन्त्रीहरुलाई फिर्ता बोलाउन दबाब

0

काठमाडौं – नेकपा एकीकृत समाजवादी (एस) पार्टीको केन्द्रीय कमिटी बैठकमा सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने आवाज उठेको छ ।

तेस्रो  केन्द्रीय कमिटी बैठकमा मन्त्रीहरूको कार्यशैलीको आलोचना गर्दै केही केन्द्रीय सदस्यहरुले मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउनु पर्ने बताएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, शहरी विकासमन्त्री रामकुमारी झाक्रीको आलोचना भएको थियो ।

स्वास्थ्य मन्त्रीले सोचेजस्तो काम गर्न नसकेको, प्रेम आलेले सरकारी नियुक्तिमा गडबड गरेको, वायुसेवा निगम र अन्य निकायमा गरिएको नियुक्ति बदर गर्नुपर्ने तथा झाँक्रीले अनुगमनको नाममा आफूलाई हिरोइज्म बनाउन खोजेको आरोप लगाएका थिए ।

अहिले एस पार्टीभित्र मन्त्रीहरु परिवर्तन गर्नुपर्ने आवाज उठिरहेका बेला केन्द्रीय कमिटी बैठकमा पनि यो विषयले प्रवेश पाएको थियो । बैठकमा उठेका प्रश्नको जवाफ दिँँदै अध्यक्ष नेपालले आत्मसमीक्षासहित अगाडि बढ्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

एकीकृत समाजवादीबाट झाँक्री, आले र खतिवडासँगै श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ सहभागी छन् ।

एकीकृत समाजवादीबाट प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे छन् । अन्य प्रदेशमा पनि एकीकृत समाजवादीबाट मन्त्री बनेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार