देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेकपा एसले आइतबार विशेष पत्रकार सम्मेलन गर्ने

0

काठमाडौं – नेकपा एकीकृत समाजवादीले आइतबार (भोलि) विशेष पत्रकार सम्मेलन गर्ने भएको छ। अर्पण ब्याङ्क्वेट बानेश्वरमा आइतबार १२ः ३० बजे विशेष पत्रकार सम्मेलन गर्न लागिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

उनका अनुसार सम्मेलनमा पार्टी अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत पार्टीका शीर्ष नेताहरु सहभागी हुनेछन्।

पार्टीको दशौं राष्ट्रिय महाधिवेसनको सन्दर्भमा पत्रकार सम्मेलन गर्न लागिएको प्रवक्ता खतिवडाको भनाइ छ।

अध्यक्ष नेपाल कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा छन्। तर, सम्मानित नेता खनाल भने यही समीकरणलाई अघि बढाउने पक्षमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफलमा छन्।

नेकपा एसले एमाले(माओवादीसहितको गठबन्धन छाडे पनि अहिले सत्ताको गणितमा फेरबदल हुन सक्ने अवस्था भने छैन।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार