देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेकपा एस सहमत भएपछि जनमतको नेतृत्वमा मधेश सरकार बन्ने निश्चित

0

काठमाडौं – नेकपा एकीकृत समाजवादी (एस)पार्टी सहमतिमा आएसँगै मधेश प्रदेशमा सत्ता गठबन्धनको नयाँ सरकार बन्ने निश्चित भएको छ ।

मधेशमा अहिले जसपा नेपालका सरोज कुमार यादव मुख्यमन्त्री छन् । जसपा नेपाल विभाजन भएको केहीदिनमै मधेश सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा एमाले बाहिरिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका हुन् ।

दुई दिन अगाडि जनमत, एमाले र माओवादीबीच जनमतको नेतृत्वमा नयाँ सरकार बनाउने लिखित सहमती भएको थियो । जुन बैठकमा जनमतका अध्यक्ष डा. सीके राउत स्वयं उपस्थित थिए ।

तीन दलले गरेको लिखित सहमतिमा नेकपा एस र लोसपा पनि नयाँ सरकारमा सहभागी हुने उल्लेख थियो । नेकपा एसका सांसदहरु पनि नयाँ सरकारबारे कुनै सहमति नभएको प्रतिक्रिया दिएका थिए । तर यी दुवै दल सरकारमा जाने लगभग टुङ्गो लागेको छ ।

ओली र प्रचण्ड भेट्नुअघि अध्यक्ष नेपाललाई एमाले मधेशका संसदीय दलका नेता सरोज कुमार यादव, माओवादी मधेश संसदीय दलका नेता भरत प्रसाद साह र जनमतका मधेश संसदीय दलका नेता महेश प्रसाद यादव पनि भेटघाट गरेका थिए । उनीहरुलाई पनि अध्यक्ष नेपालले मधेशमा नयाँ सरकार बनाउन सहयोग गर्ने आश्वासन दिएको बुझिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार