देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेकपा ओली समूहद्वारा शनिबार संसदीय दलको बैठक आह्वान

0

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहले फागुन २२ गते संसदीय दलको बैठक बोलाएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकाको निर्णय बदर गरेपछि सरकारले फागुन २३ गतेका लागि संसद बैठक बोलाएको छ ।

त्यसअघि पर्सि शनिबार दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

उनका अनुसार बैठकमा सहभागी हुन भनी सबै १७३ सांसदलाई एसएमएस मार्फत सूचना दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा संसदीय दलको बैठकका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, माधव कुमार नेपाल लागयत सांसदलाई पनि ’एसएमएस’ पठाएको छ ।

नेकपाले संसदीय दलको बैठकमा बोलाउन सांसदहरूलाई एसएमएस पठाउने गरेको छ । प्रधानमन्त्री ओली समूहका प्रमुख सचेतक भट्टराईले दाहाल सहित सबै सांसदहरुलाई २२ गते संसदीय दलको बैठकमा उपस्थित हुन म्यासेज पठाइएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहका देव गुरुङलाई हटाएर भट्टराईलाई प्रमुख सचेतक बनाएका थिए । तर नेकपाको दाहाल–नेपाल समूहले भने दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी र भट्टराईलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार