देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेकपा र राप्रपा छोडेर मेलम्चिमा ११५ कार्यकर्ता कांग्रेस प्रवेश

0

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका वडा नं ११ मा नेकपा तथा राप्रपा परित्याग गरि ११५ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छ्न् । नवप्रवेशीहरुलाई नेपाली कांग्रेस जिल्ला सभापति बिकास लामा र प्रदेश सभा ख का सांसद निमा लामा र क्षेत्रीय सभापति आइतमान तामाङले पार्टीमा स्वागत गरेका थिए ।

जनताको पार्टी भनेर कम्युनिष्टलाइ मत दिएर बिजय गराएपनी नगरले बिकास निर्माणमा उपेक्षा गरेको र जनप्रतिनिधिहरुले आफ्नो गुनासो नसुन्ने गरेका कारण कम्युनिस्टको झुटको खेतीबाट आजित भएर नेपाली कांग्रेसमा प्रवेश गरेको नवप्रबेशीहरुको भनाई रहेको छ । जनताको बिकास अब नेपाली कांग्रेसले मात्र गर्ने रहेछ भन्ने बुझेपछि नेपाली कांग्रेसमा प्रबेश गरेको नवप्रेबेसी  प्रेम बहादुर खड्का “हरिचन्द्र”ले बताए।

पछिल्लो समय सिन्धुपाल्चोकमा संगठन बिस्तार संगसंगै बिकास निर्माणको काममा तीव्र रुपमा कांग्रेस लागिपरेको जिल्ला सभापति लामाले बताए। आम नागरिक कम्युनिष्टको क्रियाकलापले आजित भइसकेकोले जनताले आशा गरेको पार्टी कांग्रेस मात्र भएको लामाले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार