देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेकपा विवादमा राष्ट्रपतिको सक्रियता, भेटघाट तिव्र

0

काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को लामो आन्तरिक किचलोपछी बसेको सचिवालय बैठकले पनि नेताहरुबीच अन्तरविरोधी भावना मत्थर पार्न नसकेको पुष्टी भएको छ । पछिल्लो घटनाक्रम प्रति राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः सक्रियता देखाएकी छीन् । यही क्रममा शनिबार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसंग भेट गरेकी छिन् । शनिबार साँझ प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेटन शीतल निवास पुगेका थिए ।

यसअघि पनि राष्ट्रपति भण्डारीले अध्यक्ष ओली निकट नेताहरुसँग छलफल गरेको शीतल निवास स्रोतले बताएको छ । तर कुन कुन नेताहरुसंग राष्ट्रपति भण्डारीले भेट गरेकी हुन् भन्ने बारेमा स्रोतले केही खुलाउन चाहेन ।

राष्ट्रपति भण्डारीले पछिल्लो दुई दिनमा दर्जन बढी नेताहरुलाई भेटिसकेको उनको भनाइ छ । यसअघि, शुक्रबारको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ओलीमाथि गम्भीर आरोप लगाएपछि नेकपाभित्रको कलह उत्कर्षमा पुगेको छ ।

दुबै अध्यक्षले आफ्ना निकट नेता एवं कार्यकर्तासँग छलफल गर्दै कुनै पनि परिस्थितिका लागि तयार रहन निर्देशन दिँदै आएको अवस्थामा यो भेट भएको हो । राष्ट्रको अभिभावक रहनु पर्ने राष्ट्रपति आफ्नो पूर्व पार्टी नेकपा भित्रको आन्तरिक विवादमा प्रवेश गरेर विगतदेखि आलोचित हुँदै आएको छिन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार