देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेकपा सचिवालयमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

0

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ ।

आइतबार पार्टी कार्यालय कोटेश्वरस्थित पेरिसडाडाँमा बसेको बैठकमा स्थायी कमिटीको निर्णय अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने बारे छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकपछि प्रवक्ता श्रेष्ठले भने: “तर व्यक्तिहरूबारे केही कुराकानी भएको छैन । आवश्यक परेको खण्डमा प्रधानमन्त्रीसँग त्यसबारेमा पछि नै छलफल हुन्छ ।” सरकारलाई अझ प्रभावकारी बनाउने गरी विभिन्न कोणबाट छलफल भएको बताए पनि प्रवक्ता श्रेष्ठले पुर्नगठन कस्तो हुने भन्ने खुलाएनन् ।

यतिखेर सञ्चार, सूचना तथा प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय र शहरी विकास मन्त्रालयमा मन्त्री पद रिक्त छ । बैठकमा संवैधानिक राजनीतिक नियुक्ति, एकताका बाँकी टुंगाउने र विविध गरेर बैठकमा एजेण्डा थिए ।हालै सकिएको स्थायी कमिटी बैठकको निर्णय र निष्कर्षलाई कार्यान्वयन गर्न सचिवालय बैठक बसेको श्रेष्ठले जानकारी दिए ।

बैठकमा संवैधानिक तथा राजनीतिक नियुक्तिको एजेन्डा पनि छलफलका लागि पेश भएका छन् । सरकारले गर्ने नियुक्ति विषयमा आधार तय गर्न छलफल गर्न लागिएको उनले बताए । अरु एजेण्डामा छलफल गर्न भोलि १ बजे फेरि बैठक बस्ने प्रवक्ता श्रेष्ठले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार