देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेकपा सचिवालय बैठकमा भिम रावलको इन्ट्री

0

(काठमार्डाैं)  – नेपाल कम्युनिष्ट पार्टीको शनिबार बिहान बोलाइएको सचिवालय बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा.युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीमबहादुर रावललाई पनि आमन्त्रित सदस्यका रुपमा सहभागी गराइएको छ  ।

अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक बर्ष २०७७–०७८ को बजेटमा एमसीसीको सहयोग पनि घुसाइएकोबारेमा विवाद भएपछि नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ले सचिवालय बैठक बोलाएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा एमसीसी अध्ययन कार्यदलले दिएको प्रतिवेदन तथा गर्नुपर्ने निर्णयमा छलफल जारी रहेको छ ।

आजको बैठकमा ९ सचिवलाय सदस्य सहित एमसीसीको चर्को बिरोध गर्ने भीम रावल, अर्थमन्त्री खतिवडा र परराष्ट्रमन्त्री ज्ञवालीलाई पनि सहभागी गराइनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । एमसीसीको बिषय बजेटमा घुसाइएपछि अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग अपात्ति जनाएपछि आकस्मिक रुपमा सचिवालय बैठक बोलाइएको छ ।

हुन त भिम रावल एमसिसी अध्ययन कार्यदलको सदस्य पनि हुन् तथापि उनलेे विभिन्न सञ्चारमाध्यमका साथै संसदमै एमसिसीको बिरोध खुलेरै गर्ने गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार