देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेकपा सचिवालय बैठक दिउँसो ३ बजेका लागि सऱ्यो

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक चार घण्टा पछि सरेको छ । बिहीबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो ३ बजेका लागि सरेको हो ।

यसअघि भदौ १३ गतेका लागि तय भएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलपछि बिहीबारका लागि सारिएको थियो ।

बैठकले राष्ट्रियसभामा अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने या नदिने विषय टुंगो लगाउनेछ । ओलीले राष्ट्रियसभा सदस्यमा खतिवडालाई लैजान चाहे पनि दाहाल पक्षले त्यसमा सहमति जनाएको छैन । वामदेव गौतमले राष्ट्रियसभामा जान इच्छा देखाएकाले अर्का अध्यक्ष दाहाल प्रचण्ड पनि वामदेवकै पक्षमा छन् ।

प्रधानमन्त्रीले खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिन चाहेकाले भदौ २० गतेभित्र राष्ट्रिय सभा सदस्य बनाइसक्नुपर्छ । त्यसका लागि नेकपा नेतृत्वसँग बिहीबार र शुक्रबार दुई दिन मात्रै समय छ ।

खतिवडालाई पर्सि शनिबारसम्म मनोनित नगरे उनको पद स्वतः सकिने भएकाले यो विषयमा भोलिसम्म टुङ्गोमा पुग्नुपर्ने बाध्यता नेकपालाई छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार