देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेकपाको सचिवालय बैठक सकियो, अर्को बैठक मंसिर ३ गते

0

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ । शुक्रबार अपराह्न ४ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित भएको हो ।

आगामी बैठकमा पार्टी स्थायी कमिटीको निर्णय कार्यान्वयन र पार्टीको आन्तरिक मामलामा देखिएको समस्यामा छलफल हुने एजेण्डा तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा कार्यकारी अध्यक्ष पुष्पकल दाहालसहित सचिवालयका बहुमत सदस्यले बुझाएको पत्र र त्यसको जवाफमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बुझाएको पत्र बैठकमा पेस भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यसअघि कात्तिक २२ मा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित ५ जना सचिवालय सदस्यहरूले प्रधामन्त्री केपी शर्मा ओलीलाई भेटेर बैठक राख्न लिखित पत्र बुझाएका थिए ।

तर प्रधानमन्त्री ओलीले तत्कालै बैठक नराख्ने भन्दै विधान अनुसार जाने जवाफ दिएका थिए । अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले बैठकको आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई दुई पेज लामो पत्र बुझाएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार