देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेकपा सांसदले नै मागे सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा

0

मध्यबिन्दु/काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सत्तारुढ दल नेकपाकै सांसदले उनको राजीनामा माग गरेका छन् । आइतबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा भएको छलफलमा नेकपा सांसद सुदन किराँतीले सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा माग गरेका हुन् ।

‘सरकारका प्रवक्ताले एमसिसी जुनसुकै हालतमा पास हुन्छ, चाह्यो भने देशका नेताहरुलाई अमेरिकाले सुलेमानी बनाइदिन्छ भन्ने अभिव्यक्ति आपत्तिजनक छ’, किराँतीले  ‘लेण्डुप दोर्जे प्रवृति आत्मसमर्पण प्रवृतिकोविरुद्धमा आपत्ति प्रकट गर्न चाहान्छु र उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । यो विषयमा समिति र सबैको ध्यानाकर्षण गर्न चाहान्छु ।’

सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाले गत बिहीबार एमसीसीको विषयमा गलत हल्ला फैलाइएको बताउँदै अमेरिकाले चाहेमा जहाँपनि क्षेप्यास्त्र प्रहार गर्न सक्ने भएकाले नेपालमा बेस क्याम्प राख्नुपर्ने अवश्यकता नभएको बताएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार