देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले २०८४ को चुनावमा भाग लिने

0

काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने भएको छ । संघ र प्रदेश निर्वाचनलाई बहिस्कार गर्दै आएको नेकपाले समाजवाद स्थापनाका लागि निर्वाचनलाई उपयोग गर्ने निर्णय गरेको हो ।

नेकपाले माओवादी विचारधाराका दलहरुबीच एकता गर्ने निर्णय पनि गरेको छ । ‘माओवादी धाराका बीचमा राजनीतिक कार्यदिशा, संगठन, संघर्ष, सांस्कृतिक विषयमा छलफल गरेर उपयुक्त समयमा एकता गर्ने निर्णय लिएको छ.’ महासचिव चन्दले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नेकपाले ‘नेपाली विशेषताको समाजवादका लागि चार मित्र शक्ति (कम्युनिष्ट, समाजवादी, देशभक्त र लोकतान्त्रिक गणतन्त्रवादी)सँग मोर्चा बनाउन’ पहल गर्ने जनाएको छ । माओवादीसहित समाजवादी मोर्चामा रहेको नेकपाले एमसीसी कार्यान्वयनका लागि नयाँ कानुन बनाउन माग गरेको छ ।

नेकपाले पार्टीले कृषि क्षेत्रमा गरिरहेको उत्पादन अभियानलाई यो वर्ष अरु प्रभावकारी बनाउने, त्यसका लागि असार १० देखि ३० सम्म श्रम र उत्पादनका लागि बिदा दिने, पार्टी कोषका लागि पार्टी र आम नागरिकमा ३ महिने सहकार्य अभियान चलाउने, सहकारीमा सरकारसँगको सहकार्य अगाडि बढाउने जनाएको छ ।

विश्व शान्तिका लागि नेकपाले समाजवाद आवश्यक रहेको भन्दै जेठ ७ मा प्रदर्शन गर्ने भएको छ ।..

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार