देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालगञ्ज मेडिकल कलेजमा एक कोरोना संक्रमितको मृत्यु

0

बाँके – कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत थप एक जना कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको छ ।

दाङको घोराही उपमहानगरपालिका-४ निवासी ७० वर्षीय पुरुषको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा शनिबार बिहान मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि कात्तिक ११ गते अस्पताल भर्ना भएका उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारको क्रममा शनिबार बिहान ५ बजेतिर उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार