देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालबाटै ग्रिनकार्डसहित अमेरिका लैजाने भन्दै ठगी गर्ने पक्राउ

0

काठमाडौं – अमेरिका पठाइदिने भनी करोडौं रकम असुल्ने प्रेसिडेन्सियल इमिग्रेसन प्रालिका तीन सञ्चालक पक्राउ परेका छन्। नेपालबाटै ग्रिनकार्डसहित अमेरिका पठाइदिने सुचना बाहिरिएपछी प्रहरीले कम्पनीको गैरीधारास्थित कार्यालयबाट उनिहरुलाई पक्राउ गरेको होे।

पक्राउ पर्नेमा कन्सल्टेन्सीका सञ्चालक ३५ वर्षका परविन राई, डेपुटी डाइरेक्टरद्वय ४६ वर्षका ओमकार गुप्ता र ३४ वर्षका सञ्जय तामाङ छन्। संखुवासभा सिलिचोङ गाउँपालिका–२ का राई काठमाडौं सरस्वतीनगर, नवलपरासी रामग्राम नगरपालिका–३ परासी बजारका गुप्ता गोठाटार र इलाम सूर्याेदय नगरपालिका–११ करफोकका तामाङ बसुन्धारामा बस्दै आएका थिए।

तीनै जनालाई शिक्षा ऐन, २०२८ र ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए।

प्रवक्ता कोइरालाका अनुसार अनुसार उक्त कन्सल्टेन्सीका केही कागजपत्र नियन्त्रणमा लिइएको छ। प्रेसिडेन्सियल इमिग्रेसनका गतिविधि शंकास्पद देखिएपछि प्रहरीले निगरानी थालेको थियो।

यो कन्सल्टेन्सीले अदक्ष कामदारका रुपमा अमेरिका जान इमिग्रेन्ट भिसा र ग्रिनकार्डको प्रक्रियाका लागि दुई वर्ष समय र ५० लाखसम्म पैसा लाग्ने भनी दुई–तीन वर्षदेखि करोडौं रकम ठगी गर्दै आएको प्रहरीले जनाएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार