देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालबाट प्रधानमन्त्रीसँग मोदीको शपथग्रहणमा को- को जाँदैछन् ?

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा जाने भ्रमण टोलीको टुंगो लागेको छ । शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालकाे भारत भ्रमणका लागि टोलीको टुंगो लगाएको हो ।

सचिवालयका अनुसार भ्रमण टोलीमा प्रधानमन्त्री, कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल,प्रधानमन्त्री स्वकीय सचिव गंगा दाहाल र परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल बिष्णु प्रसाद गौतम रहेका छन् ।

प्रधानमन्त्री  दाहाल आइतबार तेस्रो कार्यकालको लागि निर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन भारत जाँदैछन् ।

भारतीमा तेस्रोपटक प्रधानमन्त्री बनेका मोदीले प्रधानमन्त्री दाहाललाई शपथ ग्रहणमा सहभागी हुन आमत्रण गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार