देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालबाट भटमासको तेलको निर्यात बढ्यो

0

पर्सा –  चालू आर्थिक वर्षमा पर्साको वीरगञ्ज नाकाबाट भारतमा भटमासको तेलको निर्यात करीब ३ गुणाले वृद्धि भएको छ ।

चालू आर्थिक वर्षको मंसिर सम्ममा वीरगञ्ज नाकाबाट २ अर्ब २७ करोड ४४ लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख १९ हजार ८ सय ३२ किलो भटमासको प्रशोधित तेल भारततर्फ निर्यात भएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा ५६ करोड ९५ लाख ५४ हजार रुपैयाँ बराबरको ४४ लाख ५ हजार २ सय ४८ किलो भटमासको प्रशोधित तेल निकासी भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।

यो वर्ष अन्य वस्तुको तुलनामा भटमासको तेलको निर्यात झण्डै ३ गुणाले वृद्धि भएको भन्दै प्रमुख भन्सार अधिकृत पौडेलले यो सकारात्मक भएको उनले बताए । कोभिड–१९ महामारीका कारण वीरगञ्ज नाकाबाट जुस, जाम लगायत वस्तुको निर्यात भने घटेको छ ।

भन्सार कार्यालयको तथ्यांक अनुसार गत मंसिर सम्ममा सो नाकाबाट १७ करोड १५ लाख ७७ हजार रुपैयाँ बराबरको २२ लाख ९० हजार ८ सय ९३ लिटर जुस भारततर्फ निकासी भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २५ करोड ३० लाख ५७ हजार रुपैयाँ बराबरको ३४ लाख ९२ हजार २ सय २२ लिटर जुस भारत निकासी भएको थियो ।

यस्तै, गत साउनबाट मंसिर सम्ममा सो नाकाबाट ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको जुत्ता भारत निकासी भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा १४ करोड ७५ लाख १७ हजार रुपैयाँ बराबरको जुत्ता भारततर्फ निकासी भएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार