देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालमा एकैदिन थपिए ७ हजार १ सय ३७ जना नयाँ संक्रमित

0

काठमाडौं – नेपालमा एकै दिन ७ हजार १ सय ३७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा यो संख्यामा संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा आज कोरोना भाइरस (कोभिड—२९) बाट ३५ सय ९५ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा मात्रै २ हजार ७४४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर रहेका विभिन्न प्रयोगशालाबाट १६ हजार १ सय ४७ जनाको नमुना परीक्षण गरिएको थियो। २४ घण्टाको अवधिमा देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको निधन भएको पनि मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । हाल नेपालमा ४८ हजार ७ सय ११ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

यही अवधिमा १६ सय १२ जना संक्रमण मुक्त भएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार