देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालमा कोरोनाको कारण थप एकजनाको मृत्यु मृतकको संख्या पाँच पुग्यो

0

(ललितपुर) – कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।  ललितपुर महानगरपालिका-२२ बुङमतीका एक पुरुषको मृत्युपछि कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको हो।

ललितपुर ग्वार्को स्थित किस्ट अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यका अनुसार उनको बुधबार दिउँसो ४ बजे मृत्यु भएको हो।  ‘कोरोनाकै कारण ललितपुर महानगरपालिका-२२ बुङमती घर भएका ५७ वर्षीय एक पुरुषको मृत्यु भएको छ’, उनले भने।

मृतकको शव अस्पतालमै भएकोले अस्पताल सिल गर्न त्यहाँ प्रहरी पुगिसकेको डा. बज्राचार्यले बताए । यसअघि नेपालमा चार जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  उनको मृत्यु कोरोनाकै कारण भएको औपचारिक पुष्टि भने गरेको छैन।

जेठ ११ गते पाटन अस्पताल पुगेका ति पुरुषलाई त्यहाँ आईसीयू नभएको भन्दै ग्वार्कोस्थित किस्ट अस्पतालमा रिफर गरिएको थियो। जेठ ११ गते अस्पतालको आईसीयूमा राखिएका उनलाई १२ गते भेन्टिलेटरमा सारिएको थियो। १२ गते भेन्टिलेटरमा राखेपछि उनको थ्रोट स्वाब परीक्षणका लागि पठाइएको थियो। स्वाब परीक्षणको पीसीआर रिपोर्ट  मृत्युपछि पोजिटिभ आएको किस्ट अस्पतालका निर्देशक बज्राचार्य बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार