देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ पुग्यो

0

(काठमाडौँ) – नेपालमा कोरोना भाइरस कोभिड१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । कोरोना संक्रमित सुर्खेतका थप एक जनाको मृत्यु भएसँगै यसबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको हो ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले सुर्खेतका २८ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरे ।

मन्त्रालयका अनुसार उनी सुर्खेत पञ्चपुरी नगरपालिकाका हुन् । यही जेठ ८ गते भारतबाट आएका उनी १४ दिनदेखि स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए ।

क्वारेन्टाइनमा रहँदा कोरोना संक्रमणको लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ । उनको घर फर्किने क्रममा २२ गते मृत्यु भएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार