देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

0

काठमाडौं – नेपालमा कोरोना भारस (कोभिड-१९) संक्रमितको संख्या एक लाख नाघेको छ । देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ ।

शुक्रबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले ७३२ महिला र एक हजार ३ सय ३७ जना पुरुषमा संक्रमण देखिएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय १६, ललितपुरमा १ सय ६३  र भक्तपुरमा १ सय ३० जनालाई कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा ३० हजार ४९७, ललितपुरमा ४ हजार १७४ र भक्तपुरमा ३ हजार ४९ संक्रमित पुगेका छन् ।

देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा २ हजार ५९ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६८० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना मुक्त हुनेको संख्या ७३ हजार २३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा नेपालमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार