देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६० हजार नाघ्यो

0

काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख ६० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख ६० हजार ४ सय पुगेको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा जम्मा २ हजार ७ सय २५ पीसीआर परीक्षण भएकोमा ३ सय ५९ पुरुष र २११ महिलामा संक्रमण देखिएको हो । कम परीक्षण भएसँगै संक्रमितको संख्या कम भएको हो ।

काठमाडौं उपत्यकामा मंगलबार ९७ महिला र १ सय ५५ जना पुरुष सहित २ सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा २ सय २५ जना, भक्तपुर ४ जना र ललितपुरमा २३ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना मुक्त हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ जना पुगेको छ ।

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ६९४ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ९३२ जना रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार