देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालमा कोरोना संक्रमितको संख्या एक सय नाघ्यो

0

(काठमाडौं) – नेपालमा कोरोना संक्रमितको संख्या १ सय नाघेको छ । बिहीबार कपिलवस्तुका थप दुई जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक सय एक पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो । कपिलवस्तुका ८ का १६ वर्षीय र २२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । ती व्यक्तिहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको निगरानीमा रहेको उनले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार