देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्यो

0

काठमाडौं  – नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित संख्या ३० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोभिड-१९ प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार शुक्रबारमात्र २ सय ५० जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म उपचारपछि संक्रमण मुक्त हुनेको संख्या १८ हजार २१४ जना पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म पीसीआर विधिबाट ५ लाख ७९ हजार ८९९ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १२ हजार २ सय ३४ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या १८ हजार २१४ जना रहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार