देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालमा थप १५ सय १३ जनामा कोरोना पुष्टि

0

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले ५ सय ५६ महिला र ९ सय ५७ जना पुरुषमा संक्रमण देखिएको जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७ सय ४७, ललितपुरमा १ सय १४ र भक्तपुरमा ७३ जना संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा एकैदिन संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै सबै भन्दा बढी संख्या हो । यस्तै मोरङमा १ सय १ र रुपन्देहीमा ९५ जनामा संक्रमण पुष्टि भएको छ ।

मुलुकभर सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ छ । जसमध्ये होम आइसोलेसनमा १० हजार ७ सय ७ र संस्थागत आइसोलेसनमा ९ हजार ६ सय ८९ रहेको मन्त्रालयले जनाएको छ । मुलुकभर २ सय १३ जनाको आईसीयूमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भएर ७ सय ३१ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५५ हजार ३ सय ७१ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आजसम्म पीसीआर विधिबाट १० लाख ९ हजार २ सय ९८ को परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा मात्रै १० हजार ८ सय ९१ पीसीआर परीक्षण भएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार