देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालमा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि

0

काठमाडौं – नेपालमा शनिबार थप २ हजार १ सय २० जनामा कोरोना संक्रमण पष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ सय ६६ महिला र १ हजार ३ सय ५४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै मुलुकमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८४ हजार ५ सय ७० पुगेको छ ।
मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा मात्र थप १ हजार १ सय ७७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

काठमाडौंका १ हजार १, ललितपुरका १ सय ९ र भक्तपुरका ६७ जना छन् । यसअघि हिजो काठमाडौं उपत्यकामा हालसम्मकै धेरै १ हजार ६ सय ३८ जनामा संक्रमण देखिएको थियो ।

पछिल्लो २४ घण्टाको अवधिमा २ हजार ४४ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ७ सय ४० जना पुगेको छ । मुलुकमा संक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ रहेको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सिरहा, चितवन र रुपन्देहीमा ५ सय बढी संक्रिय संक्रमित छन् । यसैबीच, २४ घण्टाको अवधिमा कोरोना संक्रमित थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार