देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालमा थप ३६११ जनामा कोरोना संक्रमण,२७ जनाको मृत्यु

0

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३६११ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट २४६७ जना र एन्टिजेन परीक्षणबाट ११४४ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा जम्मा १४ हजार ६६१ जनाको परीक्षण भएको छ । जसमा पीसीआर परीक्षण ९ हजार ७८३ र एन्टिजेन परीक्षण ४ हजार ८७८ जनाको भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा १८१६ जना कोरोना मुक्त भएका छन् भने कोरोनाबाट २७ जनाको मृत्यु भएको छ । हालसम्म ७ लाख ५३ हजार ६६३ जनामा संक्रमण पुष्टि भएको छ भने ६ लाख ५२ हजार २६१ जना निको भएका छन् ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार