देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालमा थप ४४७२ जनामा कोरोना संक्रमण, ९२ जनाको मृत्यु

0

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो २४ घण्टाको अपडेट अनुसार काठमाडौँ जिल्लामा ७९० जना, भक्तपुरमा १३५ र ललितपुरमा १९० जनामा कोरोनामा कोरोना पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ९२ जनाले ज्यान गुमाएका छन् भने ४ हजार ४७२ जना नयाँ कोरोनामा कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा परीक्षण गराएका १७ हजार ९०३ नमूनामा ४ हजार ४७२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार