देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालमा थप ४ हजार ४७ जनामा कोरोना पुष्टि

0
<p>CoVid Update</p>

CoVid Update

काठमाडाैं – पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १४ हजार ५ सय ३० पीसीआर परीक्षण गरिएकोमा एक हजार ५ सय ६५ महिला र २ हजार ४ सय ८२ पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप दुई हजार २ सय ८३ जनामा संक्रमण देखिएको छ ।

काठमाडौंमा एक हजार ८ सय ८८, ललितपुरमा २ सय ७७ र भक्तपुरमा १ सय १८ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. गौतले जानकारी दिए । यो सँगै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ३५ हजार ९ सय ८९ पुगेको छ ।

ललितपुरमा ४ हजार ९ सय २६ र भक्तपुरमा ३ हजार ५ सय ५२ जना पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७३ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना मुक्त हुनेको संख्या ७७ हजार २ सय ७७ जना पुगेको छ । हालसम्म पीसीआर विधिबाट ११ लाख ९१ हजार ५१४ परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार