देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालमा  थप ६६५३ जनामा कोरोना पुष्टि, १०१ जना संक्रमितको मृत्यु

0

काठमाडौं – नेपालमा  थप ६६५३ जनामा कोरोना पुष्टि भएको छ। देशभरका प्रयोगशालामा पीसीआर परीक्षण भएका १४ हजार १८२ जनामध्ये ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार ६२४ जना र एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएका हुन्।

मन्त्रालयका अनुसार आज देशभर ९७ हजार ६९९ जना संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७७३१ पुगेको छ।

पछिल्लो केही दिनयता कोरोना भाइरस (कोभिड -१९) बाट संक्रमित हुनेभन्दा निको हुनेको संख्यामा वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएको बताएको छ।

बिहीबार ८ हजार ६६३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यो सहित निको हुनेको संख्या ४ लाख ७६ हजार १३० पुगेको छ। निको हुने यो ८१.९ प्रतिशत हो।

मन्त्रालयका अनुसार हाल ९७ हजार ६९९ कोरोनाका सक्रिय संक्रमित छन् भने ७५५ जना क्वारेन्टाइमा रहेका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार