देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालमा थप ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0

काठमाडौं – नेपालमा आज थप ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा १ हजार २९ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

यस्तै हिजाे नेपालमा ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार