देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालमा थप ८ हजार ४५४ संक्रमित, ५ जनाको मृत्यु

0

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा बुधबार थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एन्टिजेन र पीसीआर विधिबाट गरिएको २० हजार ३५९ परीक्षणमा देशभर ८ हजार ४५४ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

१३ हजार ५४९ पीसीआर परीक्षणमा ५ हजार ५७१ र ६ हजार ८१० एन्टिजेन जाँच गर्दा २ हजार ८८३ जना संक्रमित फेला परेका हुन् ।

२४ घण्टाको अवधिमा ४ हजार ४३३ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ । २४ घण्टामा २ लाख ५६ हजार ४१६ जनाले खोप लगाएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार