देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालमा पछिल्लो २४ घण्टामा  ५००८ जनामा कोरोना संक्रमण

0

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा  ५००८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । यो संख्या शुक्रबारको तुलनामा ६४४ जना बढी हो । २४ घण्टामा १९ हजार ३२० पीसीआर गराउँदा ५००८ जनाको कोरोना संक्रमण देखिएको हो ।

यो सँगै मुलुकमा कोरोनाबाट संक्रमित हुने कूल संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र आज २ हजार ६७२ संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा २१००, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना फेला परेका छन् ।

यस्तै गएको २४ घण्टामा मुलुकमा १२२९ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म मुक्त हुनेको जम्मा संख्या ७४ हजार २५२ पुगेको छ । यो संख्या कूल संक्रमितको ७० दशमलब २ प्रतिशत हो । यसअघि निको हुनेको दर ७४ प्रतिशतसम्म पुगेको थियो ।

आजसम्म कुल संक्रमितमध्ये आईसीयूमा ३२१ र भेन्टिलेटरमा ७७ जना उपचाररत रहेको शनिबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार