देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालमा पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना संक्रमित थपिए

0

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएका सहित  नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ९४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा ४८० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६३ हजार ३४८ पुगेको छ ।
यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार