देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौं उपत्यकामा ६२ सहित थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि

0

काठमाडौं – नेपालमा शनिबार थप ३ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले शनिबार ३ सय ७८ जना संक्रमित थपिएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको मन्त्रायलले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ७ हजार ७ सय ८८ पीसीआर परीक्षणमा ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै २४ घण्टामा ४ सय ९९ जना संक्रमण मुक्त भयर डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या १६ हजार ३ सय १३ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मुलुकभर ६ हजार २ सय ६ जना आइसोलेसनमा र १० हजार ७ सय ९२ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौं ५६, ललितपुर ३ र भक्तपुरमा ३ संक्रमित फेला परेका छन् ।

२४ घन्टाको अद्यावधिक विवरणमा शुक्रबार उपत्यकामा १०६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार