देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालमा पहिलो पटक सात जनामा कोरोनाको जे एन.१ भेरियन्ट पुष्टि

0

काठमाडौं – नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन.१ पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै ७ जनामा ओमिक्रोनको सवभेरियन्ट जेएन.१ पुष्टि भएको जानकारी दिएको छ।

देशका विभिन्न भागबाट संकलित एन्टिजेन पोजिटिभ रहेका १६ वटा पीसीआरको जिनोम स्किवेन्सिङ गर्दा ७ जनामा उक्त भेरियन्ट पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। उनका अनुसार ती नमूनाहरू आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा विज्ञप्तीमा भनिएको छ– ‘हाल विश्वका केही देशहरुमा कोभिड–१९ संक्रमण ओमिक्रोनको नयाँ भेरियन्ट जे.एन.१ को जोखिम बढिरहेको र छिमेकी देशहरुमा पनि संक्रमण फैलिरहेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक निगरानी एवं सम्बन्धित देशहरुसँग समन्वय गरिरहेको छ । यसै सन्दर्भमा देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित १६ वटा पिसिआर तथा एन्टिजेन पोजिटिभ नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मिति २०८० ९ २२ मा गरेको पछिल्लो जिनोम सिक्वेन्सिङ प्रविधिबाट ७ वटा नमुनामा ओमिक्रोनको सब भेरियन्ट जेएन.१ नेपालमा पहिलो पटक पुष्टि भएको जानकारी गराउँद छौँ ।’

यससँगै सरकारले संक्रमण रोकथामका लागि सीमा नाकाहरूमा कडाइ गर्न निर्देशन दिएको छ। मन्त्रालयलले प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरू, स्वास्थ्य कार्यालयमार्फत् आवश्यक स्क्रिनिङ र निगरानी निरन्तर गर्न र  स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थालाई स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन अनुरोध गरेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार